बिहिबार, बैशाख १३, २०८१

अधिकार प्राप्ति नभएसम्म पहिचानको आन्दोलन जारी रहने

काठमाडौ ज्येष्ठ ९, संविधानको केहि बुँदामा र प्रदेश सीमाङ्कनलगायतका सवालमा असहमति प्रकट गर्दै पछिल्लो समय राजधानी केन्द्रित आन्दोलन जारी राख्दै राजधानीका विभिन्न क्षेत्रमा सङ्घीय गठबन्धनले आयोजना गरेको विरोध सभाका वक्ताहरुले जारी पहिचानको Captureआन्दोलनलाई जारी राख्ने बताएको छ ।

शनिवार गठबन्धनले स्वयम्भूमा आयोजना गरेको विरोध सभामा विरोध सभामा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, सङ्घीय समाजवादी फोरम नेपालका रणध्वज कन्दङ्वा, तमुवान संयुक्त सङ्घर्ष समितिका नवराज गुरुङ, थरुहट संयुक्त सङ्घर्ष समितिका संयोजक सोमती थारु, सद्भावना पार्टीका रामकिशोर सिंह, सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले पहिचान सहितका मुद्दालाई सम्बोधन गर्न सरकार तयार हुनुको विकल्प नभएको जिकिर गर्दै   अधिकार प्राप्ति नभएसम्म पहिचानको आन्दोलन जारी रहने जनाउ दिएको हो । सीतापाइलाबाट सुरु भएको गठबन्धनको विरोध -याली स्वयम्भू चोकमा पुगेर सभामा परिणत भएको थियो ।