काठमाडौ ज्येष्ठ ७, रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले तुलसीपुरमा शुक्रवार विहान आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले काँग्रेसले धर्म र जातीका आधारमा राजनीति नगर्ने तर जनताले चाहेमा सबै कुरा परिवर्तन हुने बताएका छन् । संविधानसभाबाट बनाइएको संविधान परिवर्तनीय भएको जिकिर गर्दै हामन्त्री डा। कोइरालाले ८० प्रतिसत जनता हिन्दुवादी छन् । जनताले जे चाहन्छन् त्यही हुन्छ । अहिलेको अवस्थामा जुन संविधान आएको छ त्यो अत्यन्तै राम्रो रहेको उल्लेख काँग्रु समाजवादी पार्टी भएका कारण विवादित कुनैपनि विषयलाई जनताद्दारा टुङ्गो लगाउनु पर्नेमा आफ्नो जिकिर प्रस्तुत गर्नु भएको छ ।
त्यस्तै उहाँले जनआकांक्षालाई समयमै सम्बोधन नगरे यसले भविष्यमा द्वन्द्व निम्त्याउन सक्ने अभिमत प्रस्तुत गर्दै महामन्त्री डा। कोइरालाले नेपाली काँग्रेसले आफ्नो चारतारे झण्डामा एउटा तारा धार्मिक स्वतन्त्रताको भएको भन्दै समयमै जनमत सङ्ग्रहको माध्यमबाठ यसको सम्बोधन अुनु पर्ने बताउँनु भएको छ ।
त्यस्तै नेपाली काँग्रेस ठूलो पार्टी भएकोले काँग्रेसले आफनो नेतृत्वमा सरकार निर्माण गर्न खोज्नु सामान्य कुरा भएको दावी गर्दै उहाँले अब मुलुकको एजेण्डा आर्थिक विकासको हुनुपर्ने बताउँदै वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबीसमेत गर्नु भएको प्राप्त समाचारामा उल्लेख गरिएको छ । त्यस्तै एक फरक प्रशंगमा बोल्दै डा। कोईरालाले काँग्रेसले अव रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने समेत उद्घोष गर्नु भएको समाचारमा उल्लेख गएिको छ ।