आइतवार, चैत्र १२, २०७९

३ दिने विकास पत्रकारिता तालिम सम्पन्न

ललितपुर ज्येष्ठ १४, नेपाल पत्रकार महासङ्घ ललितपुरको आयोजनामा सुरु गरिएको ३ दिने ‘विकास पत्रकारिता तालिम’ आज सम्पन्न भएको छ । तालिममा अनलाइन, छापा, टेलिभिजन, एफएम÷रेडियोलगायतमा आबद्ध ६० जना सञ्चारकर्मीको उपस्थिति रहेको थियो । प्रशिक्षक डा FNJ-logo-300x2461महेन्द्र विष्ट, शिव गाउँले, शिरोमणि ढुङ्गाना, प्रवेश सुवेदी, श्रीराम पौडेल, गोविन्द आचार्य, प्रभूनारायण बस्नेत र अनिल थापाले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनु भएको थियो

तालिम समापनको क्रममा सहभागी प्रशिक्षार्थीलाई नेपाल पत्रकार महासङ्घ ललितपुरका संस्थापक अध्यक्ष धर्मरत्न शाक्यले प्रमाणपत्र वितरण गर्दै पत्रकारको क्रियाशील पत्रकारिताले मुलुकमा धेरै परिवर्तन आएको जिकिर गर्नु भएको थियो ।  त्यस्तै कार्यक्रमा वरिष्ठ पत्रकार प्रभूनारायण बस्नेत,महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपाने लगायतले तालिमको आवश्यकता औचित्यमाथि प्रकास पार्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।