आइतवार, चैत्र १२, २०७९

सांसद ल्हरक्याल लामा निलम्बित

काठमाडौ बैशाख ३१,  व्यवस्थापिका–संसद्ले गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद lyarkyar-350x235ल्हरक्याल लामालाई पदबाट निलम्बन गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले लामामाथि लागेको मुद्दाको किनारा नभएसम्म सांसद पदबाट स्वतः निलम्बन हुने कानुनी व्यवस्था अनुरुप उहाँ निलम्बनमा पर्नुभएको जानकारी गराउनुभयो ।