काठमाडौ ज्येष्ठ ६, सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घले आज राजधानीमा
विरोध प्रदर्शन गरेको छ । प्रदर्शनी मार्गबाट सुरु भएको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेताले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । उनीहरुले सरकारले आफ्ना माग नसुनेमा आन्दोलनलाई देशव्यापी बनाउने चेतावनीसमेत दिएका थिए ।
त्यस्तै नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले यही ज्येष्ठ १० गते बिहान ८ बजे एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।