बिहिबार, चैत्र १६, २०७९

सनराइजद्दारा डाँगीहाटमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं ज्येष्ठ ११ , सनराइज बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका आफ्नो सेवा विस्तार गर्ने क्रममा डाँगीहाट –६, मोरङ्गमा चौथो शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । आजबाट सुरु गरिएको उक्त सेवाको बैंकका नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले मंगलबार 1[1]शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा ब्रान्चलेस बैंकिङ्गको उद्घाटन कार्यक्रममा बैंकले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्दै नायव महाप्रबन्धक अधिकारीले डाँगीहाट गाविस– ६, मोरङ्गका सचिव श्री इन्द« मणि कट्टेलको उपस्थितिमा शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि श्री राजेन कुमार राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभएको थियो ।

सनराइजले मुलुकभर आफ्नो ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एवं सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । यस अघि काभ्रे जिल्लाको मंगलटार, झापाको बाहुनडाँगी र महोत्तरीको कान्तिबजरमा बैंकका तीनवटा शाखारहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा ल्याइसकेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30