आइतवार, चैत्र १२, २०७९

सत्तारुढ दल र प्रतिपक्षी दलको आआफ्नै अडानका कारण बैठक निष्कर्षविहिन

प्रसंग व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली 
काठमाडौं ज्येष्ठ २,  व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली बनाउने सवालमा आज बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको आआफ्नै अडानका कारण बैठक पनि बिनानिष्कर्ष सकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा सत्तारुढ Baluwatar1दलले संविधानको प्रावधानअनुसार नै संसदीय सुनुवाइ समितिमा १५ सदस्य मात्रै व्यवस्था गरेर जान सहज हुँने बतायादै गर्दा प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्क्रमणकालीन व्यवस्थाअनुसार नै समितिमा पुरानै प्रणालीअनुसार जानु पर्नेमा आफ्नो पूर्वत अडान प्रस्तुत गरेको थियो ।
नियमावली पारित हुन नसक्दा सर्वोच्च अदालतलगायत संवैधानिक निकायमा गरिएको नियुक्तिको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

त्यस्तै वार्ताको क्रममा सहमति भएको खण्डमा सहमतिका आधारमा नै नियमावली लेखन प्रक्रियालाई अन्तिम रुप दिने र सो नभएमा मात्रै प्रक्रियाका आधारमा नियमावलीलाई टुङ्गो लगाउने सहमति समेत आजको बैठकमा भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारलगायत र प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थिति थियो ।