काठमाडौ वैशाख २२, सडक सुरक्षामा सवारी चालक वर्षेभरि लाग्नुपर्ने भन्दै यो सप्ताहले सवारी दुर्घटनामा न्यूनीकरणका लागि भन्दै नेपाल रेडक्रस सोसाइटी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा यही वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म सडक सुरक्षा सप्ताह हुने भएको छ । सडक सुरक्षा सप्ताह काठमाडौँ, भक्तपुर, ललितपुर, कैलाली, बाँके, रुपन्देही, कास्की, चितवन, मोरङ, धनुषा, झापा, सप्तरी, पर्सा लगायताका जिल्लामा मनाइने प्राप्त समाचारमा जनाइएको छ ।