आइतवार, चैत्र १२, २०७९

वीच बाटोमा

वीच  बाटोमा कुरी बसें म,
न जाउ भन्छौ न बस भन्छौ,
बेठेगान पर्खाईमा अल्झी बसें म,
तिमीलाई कुर्दा कुर्दा आफैलाई भुली बसें म,
वीच  बाटोमा कुरी बसें म ।

हिजो सम्म आउँछौ भन्ने पक्का पक्की मन थि यो,
बाटा भरी आशाका लोभलाग्दा फुलहरु फुलेका थिए
आजै साँझ मन भित्रको दियो निभ्ला झैं गरेको छ,
आउने हो कि नआउने तिमी शंका डुल्न थालेको छ,
दोधारमा अल्मल्लीएर बसें म,
न अंगाल्छौ न तिरस्कार गर्छौ,
दुिवधामा असरल्ल लडि बसें म,
तिम्रो मायाको तिरसनामा प्यास भुली बसें म,
वीच  बाटोमा कुरी बसें म ।

घाम जुन साथ हुँदा तिमी आउने बाटो झलमल्ल  थियो,
घरी घरी नभन्दै आयौ कि तिमी झैं लागीरहन्थ्यो,
अौंसीको रातले नीराशाको सन्त्रास छाईदिएको छ,
तिमी संग कल्पेका सपनाहरु छातीमा गढेको छ,
पागल झैं टोलाएर बसें म,
न देखिन्छौ न विलाई जान्छौ,
अन्तहिन पर्खाईमा रुमल्ली बसें म,
तिमीलाई सम्झेर दुनियालाई भुलेर बसें म,
वीच बाटोमा कुरी बसें म ।

-गौतम डंगोल  सन्देश