बिहिबार, चैत्र १६, २०७९

विभिन्न समूहमा विभाजित राप्रपा पुनः एकीकृत हुने मेलोमेसो बनाउँदै

काठमाडौ ज्येष्ठ २, एकीकृत राप्रपा निर्माण अभियानको लक्ष्य सहित विभिन्न समूहमा विभाजित राप्रपा नेपाल  एकीकृत हुने प्रयासमा लागेका 2छन् ।  राप्रपा नेपालबाट कारवाहीमा परेका नेता केशरबहादुर विष्टको संयोजनमा आज आयोजित कार्यक्रमका सहभागी वक्रा राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी,राप्रपा नेपाल समानान्तरका अध्यक्ष गणेश शेरचन, राप्रपा नेपालका पूर्वप्रवक्ता एवम् वरिष्ठ अधिवक्ता विष्णु भट्टराईलगायतले हिन्दुत्वको रक्षा र राजासहितको गणतन्त्रका लागि पूर्वपञ्चहरु एकजुट हुनुपर्नेमा जोड दिईएको थियो ।

त्यस्तै राप्रपा नेपालबाट निलम्बित सहअध्यक्ष केशर बहादुर विष्टले प्रस्तुत अभियान पार्टी फुटाउन वा नयाँ पार्टी बनाउन नभएर, राष्ट्रवादी शक्तिहरुको एकताको लागि भएको बताउँदै एकीकृत राप्रपा निर्माण अभियान राजासँग काम गरेका पूर्वपंचहरु, राजावादीहरु, धर्मवादीहरु, हिन्दूवादीहरु, राष्ट्रवादीहरु सबैको एकता हुन जरुरी भएको बताए । साथै राप्रपा नेपालका सहायक महामन्त्री मीरा राणाले पार्टी नेतृत्व गलत बाटोमा हिडेकोले राप्रपा नेपाललाई मत दिने ६ लाख ३० जनताको अबमूल्यन भएकाले प्रस्तुत अभियानो आवश्यकता भएको दलिल प्रस्तुत गर्नु भएको थियो भने राष्ट्रवादी शक्तिको एकताले देशलाई संवैधिानक लगायतका संकटबाट मुक्ति दिने विश्वास राप्रपा नेपाल समानान्तरका महामन्त्री श्याम तिमल्सिनाले व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राप्रपा, राप्रपा नेपाल, राप्रपा नेपाल समानान्तर, राप्रपा नेपाल राष्ट्रवादी लगायत धेरै साना राष्ट्रवादी दलहरुको सहभागिता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30