आइतवार, चैत्र १२, २०७९

लक्ष्मीनियाँमा सनराइजको शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं बैशाख २४ , सनराइज बैंक लिमिटेडले आफ्नो बैंकिङ्ग सेवा विस्तारलाइ निरन्तरता दिने क्रममा महोत्तरीको लक्ष्मीनियाँ गाविस ,कान्तिबजार–७, मा तेस्रो शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । विहिवार कान्तिबजार राष्ट्रिय क्याम्पसका प्रमुख श्री मुकुन्द राज महतो र BLB[1]स्थानीय समाजसेवी श्री राजेन्द्र सिंह कुशवाहाको उपस्थितिमा बैंकका नायव महाप्रबन्धक  आशा राणा अधिकारीले शाखारहित बैंकिङ्ग सेवाको एक कार्यक्रमकावीच औपचारिक सुभारम्भ गर्नु भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा उल्लेख भएअनुसार प्रस्तुत सेवको सुभारम्भसंगै सेवाग्राहीले अव बचत तथा भुक्तानीका लागि बैकको शाखा कार्यालय नभएको ठाँउबाट एटिएम कार्ड मार्फत पोइन्ट अफ सेल नामको मेसिनको माध्यमबाट शाखारहित बैंकिङ्ग सेवाको लाभ दिन सकिने जनाईएको छ । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एवं सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । यस अघि काभ्रे जिल्लाको मंगलटार र झापाको बाहुनडाँगी गाविसमा बैंकका दुईवटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।