आइतवार, चैत्र १२, २०७९

यासोकमा पूर्वमन्त्री लावतीको सालिक

काठमाडौं ज्येष्ठ १६,  ६ दशक भन्दा लामो समय नेपाली राजनितीमा विताउँनु भएका पूर्वमन्त्री पद्मसुन्दर लावतीको पूर्ण कदको ६ फिट अग्लो सालिक उहाँको गाउँ यासोकमा स्थापना गरिने भएको छ । लावतीको सालिक स्थापनाको लागि यासोक बजारको केन्द्र भागमा स्तम्भको निर्माण भइरहेका जनाउँदै लावतीको निधनको पहिलो वार्षिकी अर्थात जेठ २७ गते अनावरण गरिने तय भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

लावतीहरुको जातीय संस्था लाओती पापोहाङ संयङले सालिक निर्माणको संयोजन गरीरहेको छ । यस अघि यासोकमा राजनीतिक दल, संघ संस्था लगायतको सर्वपक्षीय भेलाले यासोक बजारमा सालिक स्थापना गर्ने निर्णय गरेको थियो । त्यस्तै प्राप्त समाचारमा महागुरु फाल्गुनन्द अध्ययन तथा संरक्षण प्रतिष्ठानको संयोजनमा  नेता लावतीको सालिक यासोकमा मात्र नभएर, महागुरु फाल्गुनन्दको समाधि रहेको पाँचथरको ऐतिहासिक सिलौटीमा समेत अर्ध कदको सालिक स्थापना गरिने उल्लेख गरिएको छ ।