काठमाडौं ज्येष्ठ ६, दमौलीबाट लमजुङको जिताकोटतर्फ जाँदै गरेको ना६ख ४१३६ नंको बस आज साँझ यात्रुबाहक बस दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार बस दुर्घटनामा परी ज्यान गुमाएँनेहरुमा मध्यनेपाल–१, जिताकोटका रमा गुरुङ, रामकृष्ण गुरुङ, चिनमाया गुरुङ, राजिन गुरुङ, शेरबहादुर खवास, गणेश गुरुङ, मीनाकुमारी गुरुङ, सविना गुरुङ र नारायण थापा छन् । दुर्घटनामा ९ जना गम्भीर घाइते भएको र तिनको थप उपचारका लागि दमौली, पोखरा लगिएको प्रहरीले जनाएको छ ।