काठमाडौ ज्येष्ठ ९, प्रेस चौतारी नेपालको ८ औं महाधिवेशनले अध्यक्षमा गणेश बस्नेतको नेतृत्वमा सर्वसम्मतिले चयन गरेको पूर्ण कार्य समितिको नतिजा शनिवार सार्वजनिक गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको नतिजा अनुसार वरिष्ठ उपाध्यक्षमा माधव नेपाल,
महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, त्यस्तै प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र साउद रहनुभएको छ ।
चौतारीका महासचिवमा राजेश राई तथा उपमहासचिवमा रामकुमार एलन र हिरामान लामा निर्वाचित हुनुभएको छ । यसैगरी खुला सचिवमा भरत केसी, अमृतनाथ तिमिल्सिना, रामकृष्ण शर्मा र सुरोजङ्ग पाण्डे, मधेसी सचिवमा भउचप्रसाद यादव, जनजाति सचिवमा देविका घर्ती मगर र दलित सचिवमा हेमकर्ण विक चुनिनुभएको छ भने कोषाध्यक्षमा इन्द्र आचार्य तथा लेखा आयोगको संयोजकमा विक्रम लुईंटेल र अनुशासन आयोगका संयोजकमा जे पाण्डे घोषित लगायत केन्द्रीय सदस्य सदस्यको नामावली यस्तो छ ।