शुक्रबार, चैत्र १७, २०७९

यस्तो छ एमाओवादी पार्टीको नाम परिवर्तन गर्नुको रहस्य (भिडियो सहित)

काठमाडौ ज्येष्ठ ११ ,  एमाओवादी पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी केन्द्र गर्नुको रहस्य बाहिर आएको छ । प्रचण्डले पार्टी छाडेर बाहिर गएकाहरूलाई जोडेर पार्टीको नाम फेर्नुको कारण उनलाई एकिकृत भन्ने शब्द नफापेको बुझिएको छ । नयाँ वर्ष २०७३ को बारेमा Captureज्योतिषीय दृष्टिकोण राख्ने क्रममा गत बैशाख १ गते ज्यो. दीपक सुवेदीले सगरमाथा टेलिभिजको एसटिभि च्याट कार्यक्रमसँगको कुराकानीमा प्रचण्डलाई ए बाट नाम आएको पार्टी नफापेको बताएका थिए । झन धेरैलाई जोडेर एकिकृत भइरहको बेलामा एकिकृत भन्ने शब्द नै हटाउनुमा ज्योतिषको सो भनाइलाई प्रचण्डले मनन् गरेको महसूस जानकारहरू बताउँदछन् ।

समयसमयमा राजनीतिक क्षेत्रको बारेमा गम्भीर भविष्यवाणी गरेर चर्चामा आउने गरेका ज्यो. दीपक सुवेदीले सो संवादमा जुन दिनदेखि प्रचण्डले विभिन्न समिकरण जोडेर पार्टीको नामको अगाडि एकिकृत जोडे त्यो दिनदेखि नै उनको अधोगति हुनथालेको बताएका थिए । हुनपनि पहिलो पार्टीबाट पछिल्लो चुनाबमा तेस्रोमा झरको एमाओवादीलाई ज्यो. सुवेदीको सो भनाइले गम्भीर बनाएको हुनसक्थ्यो ।
ज्यो. सुवेदीले सो संवादमा उनले नयाँ वर्षको भविष्यको साथमा राजनीतिक क्षेत्रको ज्योतिषीय विश्लेषण गरेका छन् । संविधानकै आयुमा शङ्का रहेको उनको भनाइ अहिलेको परिस्थितिमा बढी संवेदनशिल रहेको छ । जसले गर्दा उनको सो अन्तर्वार्ताले राजनीतिक लगायत सबै क्षेत्रमा चर्चा पाएको थियो ।
यस पूर्व पनि सुवेदीले गरेको धेरै भविष्यवाणीहरू सही भएको चर्चा बेलाबेलामा सञ्चारका माध्यमहरूमा आउने गरेको हो । जसले गर्दा उनले भन्ने गरेका कुरामा अप्रत्यक्षरूपमै भए पनि राजनीतिक क्षेत्रले मनन् गर्न बाध्य हुन थालेको अनुमान गर्न सकिन्छ । राजा विरेन्द्रको मृत्यु, पहिलो संविधानसभाबाट तथा त्यतिबेलाको राजनीतिक क्षेत्रबाट निकास ननिस्कने जस्ता उनका भविष्यवाणीले बडी चर्चा पाएका थिए । त्यस्तै खिलराजको सरकारले दोस्रो संविधानसभाको निर्वाचन गराउनसक्ने, दोस्रो संविधानसभाले धर्मलाई संबोधन गरेको खण्डमा संविधान जारी गर्नसक्ने भन्ने लगायतका थिए ।
संविधानको मस्यौदामा जारी गर्दा धर्मको बारेमा केही नबोलेकोमा पछि अनुसूचिमा लगेर टिप्पणी गरी धर्मनिरपेक्षताको परिभाषा गरी सनातन धर्मको संरक्षण आदि गर्ने भनी उल्लेख गरेपछि मात्रै संविधान जारी भएको कुराले उनको भनाइमा दम रहेको पाइन्छ ।
झन खास एकिकृत भइरहेको बेलामा किन माओवादीले एकिकृत भन्ने शब्द हटायो भन्ने तर्कको पछाडिको निस्कर्ष सगरमाथा टेलिभिजनमार्फत ज्यो. दीपक सुवेदीले भनेको भनाई नै हुनसक्ने विश्लेषकहरूको अनुमान रहेको छ । राजनीतिक व्यक्ति एवं पार्टीहरूको बारेमा आफूले गर्नेगरेको भविष्यवाणी प्रायशः गोप्य राख्ने गरेका ज्यो. सुवेदीले सञ्चारकर्मीले बढी ताकेता गरेपछि सो संवादको कपिलाई आफूले युट्युबमा अपलोड गरी सार्वजनिक गरेको बताएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30