बिहिबार, चैत्र १६, २०७९

मन्त्रिपरिषद् बैठक: आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन आव्हान

श्रीलङ्काली बाढीपहिरो  पिडितका लागि नेपाली १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय
लुम्बिनी अञ्चल अस्पताल १०० शैयाबाट ३०० शैयाको अस्पतालमा स्तरोन्नति

काठमाडौ ज्येष्ठ ७, मन्त्रिपरिषद्को आज बसेको बैठक मार्फत सरकारले आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा oli-cabinet-1st-meeting-650x388आउन पुनः आव्हान गरेको छ । बैठक पछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री शेरधन राईले आन्दोलनरत पक्षका मागलाई। वार्ता, संवाद र सहमतिबाटै निकासमा पुगेर समाधान खोजी राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायत महत्वपूर्ण कामहरुमा केन्द्रीत हुन आग्रह गरिएको पत्रकारलाई जानकारी दिनुभएको छ ।

सरकारका प्रवक्ता राइका अनुसार सरकारले मधेशी मोर्चासहितका दललाई विगतमा पनि पटक–पटक लिखित रुपमा वार्ता र संवादका लागि आग्रह गरिसकेको जानकारी दिदै फेरिपनि अधिकतम लचकताका साथ सरकार सबै कुरा सुन्न तयार रहेको जनाउँदै वार्ता र संवादका लागि आग्रह गरेको जानकारी दिनु भएको छ । त्यस्तै आजको बैठकले नेपाल सरकारको तर्फबाट श्रीलङ्कामा गएको बाढी, परिहोबाट भएको क्षतिको अवस्थालाई दृष्टिगत गर्दै नेपाली १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ भने लुम्बिनी अञ्चल अस्पताललाई १०० शैयाबाट ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री राईले पत्रकारहरुलाइ जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30