बिहिबार, चैत्र १६, २०७९

मदन भण्डारीलाई मरणोपरान्त ‘नेपालरत्न, पूर्व प्रम सुशील कोइरालालाई राष्ट्रगौरव’ मानपदवी

काठमाडौ ज्येष्ठ १५, ९ औं गणतन्त्र दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रका महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिएको छ ।  गृह मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानपदवी पाउने महानुभावमा जननेता मदनकुमार भण्डारीलाई मरणोपरान्त b‘नेपालरत्न’ मानपदवी दिइएको छ । त्यस्तै पूर्व प्रम सुशील कोइरालालाई मरणोपरान्त र तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ‘राष्ट्रगौरव’ मानपदवी घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै मन्त्रालयले विज्ञप्तिमा महाउज्ज्वल कीर्तिमय राष्ट्रद्वीप’ मानपदवीबाट सूर्यबहादुर थापा, नरबहादुर कर्माचार्य, निर्मल लामा, र पोष्टबहादुर बोगटी (मरणोपरान्त) तथा रामहरि जोशीलाइ सम्मान गर्ने उल्ेख गरिएको छ भने प्रसिद्ध प्रबल जनसेवाश्री’ मानपदवीबाट डा युवराज खतिवडा, वर्षमान पुन, जनार्दन शर्मा, वैद्यनाथ उपाध्याय र भानुप्रसाद आचार्य लाइ प्रदान गरिने भएको छ ।  त्यस्तै ‘सुकीर्तिमय राष्ट्रद्वीप’ मानपदवी पाउनेमा डा सोमलाल सुवेदी, राजेन्द्र क्षेत्री, लोकदर्शन रेग्मी, उपेन्द्रकान्त अर्याल, दुर्जुकुमार राई, दिलीपराज रेग्मीलाई विभूषित गर्ने घोषणा गरिएको छ । सुप्रवल जनसेवाश्री मानपदवी ८३, प्रबल जनसेवाश्री मानपदवी १३५ र जनसेवाश्री मानपदवी ५१ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।

प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिको उद्धार एवम् प्रकोपको जोखिम न्यूनीकरण गर्ने कार्यमा प्रशंसनीय रुपमा योगदान गर्ने वा सहयोग गर्ने ५६ हजार दुई सय ७९ जनालाई विभूषण ऐन,२०६४ को दफा ५ अनुरुप ‘प्राकृतिक प्रकोप पीडितोद्धार पदक’, १८ औँ सार्क शिखर सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने २५ हजार एक सय २२ जनालाई प्रशंसास्वरुप कदरपत्र प्रदान गर्ने र विमान चालक क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष रानालाई मरणोपरान्त ‘वीरता पदक’ प्रदान गर्ने निर्णय गरिएको छ ।

‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभूषित हुनेमा श्रीकान्त पौडेल, शङ्कर थापा, वीरेन्द्रबाबु श्रेष्ठ, प्रकाश ओझा, गणेशप्रसाद अधिकारी, भेषराज अधिकारी, कृष्णहरि पुस्कर, रामकृष्ण सुवेदी, विजयनारायण मानन्धर, रवि शाह, अच्युत विष्ट, नवराज सिलवाल, सर्वेन्द्र खनाल र स्वामी अरुण आनन्द हुनुहुन्छ ।  सो पदकबाट विभूषित हुनेमा मुटुरोग विशेष डा अरुण सायमी, वरिष्ठ चिकित्सक डा अशोक बाँस्कोटा र शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा दिव्यासिंह शाह हुनुहुन्छ । समाजसेवी आनी छोइङ डोल्मा र भैरव रिसालले पनि यो पदक पाउनुभएको छ । पत्रकार कृष्ण सेन इच्छुकले (मरणोपरान्त) सो पदक पाउनुभएको छ । चन्द्रप्रसाद बलदेव, आङ्छिरिङ शेर्पा, उद्योगपति पशुपति मुरारका तथा डा राजेशकाजी श्रेष्ठले पनि सो पदक पाउनुभएको छ ।

‘प्रबल जनसेवाश्री’ पदक पाउनेमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणा, प्रहरी उपरीक्षक किरण वज्राचार्य, सशस्त्र प्रहरी नायब उपरीक्षक अजयकुमार छत्कुली हुनुहुन्छ । त्यस्तै यो पदक पाउने पत्रकारमा डा महेन्द्र विष्ट, नारायण शर्मा र नरेन्द्रजङ्ग पिटर हुनुहुन्छ । यो पदक पाउने कलाकारमा रेखा थापा, सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाराम दाहाल र विल्सनविक्रम राई हुनुहुन्छ । साहित्यकार घनश्याम ढकाल(मरणोपरान्त), समाजसेवी गोपालनाथ योगी, सामाजिक कार्यकर्ता गणेशमान सैँजु तथा साहित्यकार तीर्थ श्रेष्ठले पनि सो पदक पाउनुभएको छ । त्यस्तै नवयुग श्रेष्ठ, नीता घर्ती मगर, मीरा राई, सुस्मिता मास्के, आशाकुमारी सिंह, शैली बस्नेत र चुनु श्रेष्ठले पनि सो पदक पाउनुभएको छ । ‘जनसेवाश्री’ पाउनेमा पर्वतारोही सञ्जय पण्डित, पौडी खेलाडी गौरिका सिंह, पत्रकार पन्नालाल गुप्ता, मोहन मानन्धर, दीपेन्द्र वान्तवा, गौतम श्रेष्ठ र टीकाराम राई हुनुहुन्छ । ‘नेपालप्रताप भूषण’ पाउनेमा वरिष्ठ प्रहरी अधिकृत प्रवीण पोखरेल हुनुहुन्छ । यस्तै ‘वीरता’ पदक मरणोपरान्त लक्ष्मण न्यौपानेलाई दिइएको छ ।    अरु क–कसले के–के पाए

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30