मङ्लबार, चैत्र १४, २०७९

प्रम निवास बालुवाटार र आसपासका महत्वपूर्ण स्थान निषेधित क्षेत्र घोषित

काठमाडौ ज्येष्ठ ३, काठमाडौं जिल्ला प्रशासन कार्यालयले राजधानीको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रजिअ रामकृष्ण सुवेदीको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको Captureबैठकले आजैका मितिदेखि लागू हुने गरी थप संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मको लागि निषेधित क्षेत्र तोकेको हो ।

त्यस्तै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधित क्षेत्र तोकिएको र उल्लेखित सूचनाको बर्खिलाप हुने गरी कसैले कुनै कार्य गरे÷गराएमा कानुनबमोजिम कारबाही हुने जनाउँदै आज घोषणा गरिएको निषेधित क्षेत्र अन्र्तगत प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कशपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटोको १०० मि सम्म तथा प्रधानन्यायाधीशको निवास वालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक वालुवाटार चोकदेखि पूर्व १०० मि सम्म रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30