काठमाडौ बैशाख २३, प्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीले संसद्को चालु बैठकमा दिउँसो ३ बजेपछि सम्बोधन गर्नु हुनेछ । सांसदहरूले भूकम्पपछिको पुनःनिर्माणका सम्बन्धमा उठाएका सवालबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने प्रमको निजी सचिवालयले जनाएको छ ।