बिहिबार, चैत्र १६, २०७९

प्रधानमन्त्रीले पठाएको पत्रबारे जानकारी छैन :मोर्चा संयोजक ठाकुर  

गठबन्धनको नाममा पत्र पठाए वार्तामा बस्ने
मोर्चाका नाममा वार्ताका लागि आह्वान गर्नु आफैमा षडयन्त्रको प्रारम्भिक कडि भएको नेता राइको जिकिर

काठमाडौ ज्येष्ठ १२, काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज राजधानीको बालाजु–Captureबाइपासमा विरोधसभाको आयोजना गरेको छ । विरोधसभामा बोल्ने नेताहरुले सरकार समस्या समाधानका लागि गम्भीर नभएको आरोप लगाउँदै गठबन्धनको नाममा पत्र पठाए वार्तामा बस्ने अभिव्यक्ति दिएका थिए ।

imagesयसैवीच प्रधानमन्त्री केपी ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको मधेसी मोर्चाले प्रधानमन्त्रीले पठाएको पत्रबारे जानकारी नै नभएको बताएका छन । मोर्चाका संयोजकसमेत रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारी पत्रबारे आफूहरुलाई जानकारी नभएको बताउँदै सरकारले झुटको खेती गरेको आरोप सहि यसअघि भएका सहमति कार्यन्वयन नहुँदासम्म वातार्मा बस्ने मोर्चाको कुनै तयारी नभएको जनाउ दिनु तभएको छ ।

तर सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले सरकारले सङ्घीय गठबन्धनका नाममा वार्ताको आह्वान गरे वार्तामा बस्न सकिने अभिव्यक्ति दिनु भएको छ । नेता राइले आज भक्तपुरमा सञ्चारकर्मीसँग आज कुरा गर्दै सरकारले गठबन्धनमा फाटो ल्याउँने नियतले मधेसी मोर्चाका नाममा वार्ताका लागि आह्वान गर्नु आफैमा षडयन्त्रको प्रारम्भिक कडि भएको जिकिर गर्नु भएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30