आइतवार, चैत्र १२, २०७९

नेविसङ्घद्वारा खेलौना पानीजहाज गुडाउँदै विरोध प्रदर्शन

Captureकाठमाडौ ज्येष्ठ १४,  नेविसङ्घ काठमाडौँले आज राजधानीको रत्नपार्कमा सरकारले कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्नुको अलावा हावादारी गफ मात्र नगरेको भन्दै सरकारको कार्यशैलीको विरोधमा प्रदर्शन गरेको छ ।

विरोधसभामा नेविसङ्घका अध्यक्ष रञ्जीत कर्ण , नेता दीपक भट्टराई ऋषिकेशजङ्ग शाह, चन्द्रबहादुर क्षेत्री, विष्णु पौडेल, नेविसङ्घ काठमाडौंका नेता मनोज वैद्य लगायतले सरकार भ्रष्टाचार, महँगी, कालोबजारीमा लागेको भन्दै यसका विरुद्ध निरन्तर आवाज बुलन्द पार्दै जाने बताउँनु भएको थियो ।
विरोधसभामा सरकारका विरुद्ध खबरदारी गरिनाका साथै कार्यक्रमको सुभारम्भमा   प्रधानमन्त्रीको भेषमा   कलाकार ज्योति काफ्लेले खेलौना जस्तो पानीजहाजको उद्घाटन गरेर प्रधानमन्त्री केपी ओलीप्रति सांकेतिक व्यंग्य गरेका थिए  ।