काठमाडौ ज्येष्ठ १७, पूर्व प्रम डा.बाबराम भट्टराईको नेतृत्व रहेको नयाँ शक्ति नेपालले आफ्नो पाँच प्रतिवद्धता सार्वजनिक गरेको छ । यसरी सार्वजनिक गरिएको प्रतिवद्धताहरुमा क्रमस पाँच स अर्थात समातामुलक समृद्धि , सुसासन सदाचार,समानुपातिक समावेशी सहभागिता मुलक लोकतन्त्र,स्वाधिनता र सार्वभौमिकता ,समुन्त समाजवाद रहेको छ ।
त्यस्तै आगामी ज्येष्ठ ३० गते राजधानीको दशरथ रंगशालामा पार्टी स्थापनाको घोषणा गर्ने तयारीमा रहेका नया शक्तिले‘अबको निकास, आर्थिक बिकास’ मुल नारा सहित पार्टी स्थापना घोषणामा जुटेको नयाँ शक्तिले घोषणा सभाको लागि तयार पारिएको पोष्टरमा का संयोजक डा.बाबराम भट्टराईको तस्विरसहित पाँच ‘स’को प्रतिवद्धता सार्वजनिक गरेको हो ।