काठमाडौ बैशाख २०, महानगरीय अपराध महाशाखाले क्यानडाको नक्कली प्रवेशाज्ञा बनाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक डेन्जीन लामालाई पक्राउ गरेको छ । महाशाखाका अनुसार लामाले एजुकेसन कन्सल्टेन्सी मार्फत नक्कली प्रवेशाज्ञा बनाई ठगी गर्ने गरेको र यस क्रममा
रामेछापका राजु श्रेष्ठ, देवेन्द्र सुनुवार, दोलखाका विवेकराज कार्की, भक्तपुरका रमेशकुमार केसीसँग भ्रमण प्रवेशाज्ञा मिलाइदिने भनी प्रतिव्यक्ति रु १५ लाखका दर लाग्ने भनी अग्रिम रु ५० हजारका दरले रकम ठगी गरेको जनाएको छ । महाशाखाले लामालाइ पक्राउ पछि ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ चलान गरिएको जनाएको छ ।