काठमाडौ ज्येष्ठ १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धविच्छेद भएको प्रमाणपत्र बनाउन भनी दिएको निवेदनमाथि कारबाही गर्दा एक सेवाग्राहीसँग रु ४ हजार घुस लिँदालिँदै रङगेहत पक्राउ परेका काभ्रेपलाञ्चोक खहरेपाँगु गाविसका सचिव लेखनाथ पौडेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले पौडेलउपर बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।