मङ्लबार, चैत्र १४, २०७९

घर निर्माणमा सहयोग गर्न धुर्मुसको अपिल

दमक ज्येष्ठ १६, भूकम्प पीडितहरुको एकीकृत नमूना बस्ती निर्माण परियोजनाका लागि हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले पूर्वाञ्चलबासी समक्ष सहयोगको अपिल गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ को गिरानचौरमा ६५ वटा घर निर्माणका लागि आवश्यक चार करोड बढी रकम जुटाउन पूर्वाञ्चलबासीबाट आफूले ठूलो आशा गरेको भन्दै उनले सहयोगको अपिल गरेका हुन । झापाको imagesदमकमा आइतबार बिहान पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो अपिल गरेका हुन ।

गिरानचौरमा एकीकृत नमूना बस्ती निर्माणका लागि आर्थिक सहयोग जुटाउने पहल स्वरुप धुर्मुस अहिले पूर्वका विभिन्न जिल्लाका उद्योगी व्यवसायी, समाजसेवी लगायतसँग आग्रह गरिरहेका छन । गिरानचौरमा ६५ वटा घरको एकीकृत नमूना बस्ती निर्माणका लागि ४ करोड ७२ लाख रुपैयाँको स्टीमेट गरिएको उनले बताए । उनले बर्खा लागिसकेकोले तत्कालै २ करोड आर्थिक सहयोग संकलन नभए पुनर्निर्माणको कार्य रोकिन सक्ने भएकोले यथासक्यो चाडो सहयोग गर्न पूर्वाञ्चलबासीलाई आग्रह गरे । भूकम्प गएको एक बर्षसम्म पुनर्निर्माणको कार्य हुन नसक्दा पीडितहरुको अवस्था दयनिय रहेकोले नागरिकबाट आफैले पुनर्निर्माणको कार्य सुरु गरेको उनले बताए । गिरानचौरमा भूकम्प गएकै दिनलाई साइत पारेर गत बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा शिलान्यास गरिएको तथा दोस्रो भूकम्प गएको बैशाख २९ गतेलाई साइत पारेर पुनर्निर्माणको काम सुरु गरिएको उनले बताए । आवश्यक सहयोग चाँडै जुटे यस बर्षको बडादशैँको घटस्थापनाको दिन एकीकृत नमूना बस्ती पीडितलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको धुर्मुसले बताए ।

गिरानचौरमा बस्ती निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनले पुनर्निर्माण प्राधिकरण र स्थानीय विकास मन्त्रालयसँग सहकार्य गरिरहेको छ । सो बस्ती बालमैत्री, अपाङ्गमैत्री, पूर्ण सरसफाईयुक्त, भवन निर्माण आचारसंहित अन्तर्गत रहने उनले बताए । धुर्मुसले एक सातायता पूर्वका बिराटनगर, इटहरी, बिर्तामोड, दमक, सुरुङ्गा लगायतका स्थानमा गरिएको आग्रह अनुसार सहयोग जुट्ने क्रम सुरु भएको समेत बताए । यस अन्तर्गत झापाका कृष्णप्रसाद, बिष्णुप्रसाद र अर्जुनप्रसाद दाहाल परिवारले १ लाख ४० हजार, सुनसरीको इनरुवा नगरपालिकाले १ लाख ११ हजार १११, उद्योग वाणिज्य संघ सुनसरीले २५ हजार लगायत सहयोग जुट्ने क्रम सुरु भएको उनले बताए । उनले काठमाडौँबाट पूर्व आउनेबेलासम्म एक साता अघि धुर्मुस–सुन्तली फाण्डेशनमा ७७ लाख रुपैयाँ जम्मा भएको बताए । जसमा सबै भन्दा धेरै अमेरिकामा बस्दै आएका डिण्डु लामाले ६ लाख र जापानमा बस्दै आएका कृष्णप्रसाद खत्रीले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
यसैबीच भूकम्प पीडितको पुनर्निर्माण कार्यमा सहयोग जुटाउन झापाको दमकमा सञ्चारकर्मीहरुको अगुवाईमा सहयोग समिति गठन भएको छ ।

पत्रकार नगेन्द्रमणी न्यौपानेको संयोजकत्वमा ११ सदस्यीय ‘गिरानचौर एकीकृत नमुना बस्ती निर्माण परियोजनाका लागि सञ्चार अभियान’ समिति गठन भएको हो । समितिको सदस्यहरुमा बिष्णु पौडेल, बिमल लामिछाने, टिकाराम उप्रेती, अर्जुन राजवंशी, चिरञ्जिबी घिमिरे, बिष्णु सुब्बा, गोपाल झापाली, गोपाल गड्तौला, लक्ष्मी नेपाल, गिता ढँुगाना, दिनेश दंगाल र काजी राउत रहेका छन् । समितिले आजै आफ्ना सदस्यहरुबाट नगद सहयोग संकलन गर्दै झापाबासीबाट सहयोगको आह्वान गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30