काठमाडौ ज्येष्ठ १३ ,चर्चित राष्ट्रिय टिमका फुटबल खेलाडी विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगर गएराति नवपलरासीको
बर्दघाट–८ स्थित आफ्नै घरमा बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी अनुसार मनिषाको हत्या गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको जनाउँदै पक्राउ परेको आरोपी अभियुक्तद्दयसंग आवश्यक सोधपुछ भइरहेको जनाएको छ । प्राप्त घटना विवरण अनुसार मनिषा की आमा अघिल्लो दिन कामका लागि बुटवल गएर बिहान घर फर्कंदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृत भेटिएको खाटमा रगतका दाग भेटिएनुको अलावा टेबुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा उनको शव भेटिएको स्थानीउ प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
मनिषाको मृत्युको खवरले उनका आफन्त र साथीहरु शोकमा परेका छन् । उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । यसैवीच फुटवल खेलाडी विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु एकपछि अर्को गर्दै प्राप्त प्रमाण र पक्राउ परेको अभियुक्त घरपरिवारसंगको सोधपुछपछि प्राप्त वयान रहस्यमय भएको भन्दै शव परीक्षणका लागि राजधानी पठाईएको प्रहरीले जनाएको छ । घरभित्रनै मृतअवस्थामा भेटिएकी मनिषाको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिए पनि प्रहरीले शव परीक्षण एवम् घटनाको सूक्ष्म अनुसन्धानका लागि विशेष टोली खटाई राजधानीमा शव पठाउँने तयारी भइरहेको प्रहरीले जनाएको छ ।