काठमाडौ वैशाख १९, नेपाल प्रेस काउन्सिलको रिक्त रहेको ३ सदस्यमा पत्रकार गोविन्द चौलागार्इँ, शुभेच्छाविन्दु तुलाधर र दीपक पाठकलाई नियुक्त गरेको छ । सञ्चार मन्त्रिस्तरको शुक्रबारको निर्णयबाट उहाँहरूलाई नियुक्ति दिइएको मन्त्रालयले जनाएको छ । चौलागार्इँ काठमाडौं पत्रकार महासङ्घका शाखा अध्यक्ष, तुला क्रियाशील पत्रकार महिला संस्थाका अध्यक्ष र पाठक ‘मार्गदर्शन’ मासिक पत्रिकासंग आवद्ध रहेको छ ।