काठमाडौ बैशाख २६, निजी क्षेत्रको ठूलो दूरसञ्चार प्रदायक कम्पनी एनसेलले सेयर बिक्रीको दौरान प्राप्त लाभकरको १५ प्रतिशत रकम आज दाखिला गरेको छ । एनसेलले टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्स् एसले रेनल्ड्स् होल्डिङ्स् लिमिटेड (रेनल्ड्स्) को सेयर बिक्री गर्दा भएको लाभको १५ प्रतिशत रकम अन्र्तगत रु ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार दाखिला गरेको एनसेलले जनाएको छ । अग्रिम कर दाखिला गर्दै गर्दा सम्पूर्ण कारोबारमा एनसेलको कुनै संलग्नता नरहेको र कारोबारको दौरानमा एनसेलले न त कुनै भुक्तानी दिएको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।