आइतवार, चैत्र १२, २०७९

एकतापछि आज नेकपा माओवादी केन्द्रको पहिलो बैठक बस्दै

प्रचण्डपछि नारायणकाजी हुने कि बादल भन्ने समस्या चुलियो
जम्बो केन्द्रीय समितिको बैठक बस्न माओवादी मुख्यालयमा स्थान अभाव

काठमाडौ ज्येष्ठ ९, गत ज्येष्ठ ६ गते विभिन्न घटकमा विभक्त दश माओवादीको एकतापछि जन्म भएको नेकपा माओवादी केन्द्रको आज पहिलो पटक महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । आज बस्ने बैठकले पदाधिकारी चयनसहित नेताहरुको कार्यविभाजन गर्ने downloadबताइएको छ । बैठकले पदाधिकारी चयनसहित केन्द्रीय समितिको पूर्णता र सचिवालय गठन गर्दै लगायतका एजेन्दा रहेको सम्वद्ध स्रोतले जनाएको छ । त्यस्तै एकता भएपछि विस्तार गरिएको ६ सय ९९ सदस्यी केन्द्रीय समितिको बैठक बस्न पेरिसडाडा स्थित कार्यालयमा स्थान अभाव हुने भएपछि अपरान्ह १ बजे राजधानीको बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बस्ने तयारी रहेको जनाउँदै बैठकले आगमी चैत्र भित्र महाधिवेशन गर्ने गरि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिएको छ ।

यसैवीच स्रोतका अनुसार पार्टी एकता भएपछि सांगठनिक स्वरुप मिलाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाइ निकै समस्या भएको बताईएको छ । वरियताक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि नारायणकाजी श्रेष्ठ प्रकाश हुने कि रामबहादुर थापा बादल भन्ने सवालमा कारण आजको बैठक प्रस्तुत सवालमानै रुमलिने संभावना रहेको स्रोतको दावी रहेको छ । यदि प्रस्तुत विवादको न्यायेचित सम्बोधन भएन भने एकता संगै तत्कालीन एमाओवादी भित्रका केहि समूह वाहिरिने संभावना रहेको बताईएको छ ।  त्यस्तै जम्बो केन्द्रीय समितिमा पदाधिकारीको आकांक्षी धेरै भएकाले कति सदस्यीय पदाधिकारी बनाउने भन्नेबारे पनि अन्योल छ । महाधिवेशन आयोजक समितिमा अझै संख्या थप्नेबारे पनि कुरा मिल्न नसकेको बुझिएको छ ।