आइतवार, चैत्र १२, २०७९

आव ०७३/०७४ को नीति तथा कार्यक्रम पारित, श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण

मन्त्रिपरिषद् बैठक : 
काठमाडौ वैशाख २३ , प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम यही वैशाख २६ गते अपराह्न ४ बजे व्यवस्थापिका–संसद्मा पेस गर्ने आव २०७३/०७४ को नीति तथा कार्यक्रम पारित गरेको छ । त्यस्तै बैठकले Neetiभूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणका निम्ति सार्वजनिक खरिद प्रक्रियासम्बन्धी ऐनको पहिलो संशोधन मस्यौदा पारित गरेको छ भने बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका निम्ति जग्गा अधिग्रहण गर्ने र आफ्नै स्रोत र लगानीमा निर्माण गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । जस अनुसार न्यूनतम पारिश्रमिकका रुपमा राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारीको रु १४ हजार चारसय , सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको रु १४ हजार १ सय र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको रु १२ हजार ५सय निर्धारण गरिएको छ ।