शनिबार, बैशाख ८, २०८१

चिनिया प्रमलाई लेखेको गोप्य चिठठी भारतीय प्रम मोदीकोमा कसले पुर्यायो ?

राजा ज्ञानेन्द्र भारत जाने तयारीमा, दरबारको रातो बाकस भित्र के छ?
पिता महेन्द्रको कुट्नीतिक पद चिन्नलाई अवलम्बन गर्दै शक्ति सन्तुलनमा प्रयत्न गरे राजसंस्था पुनस्स्थापना हुने कुट्नीतिज्ञ विष्लेषण

सुनिल शर्मा काठमाडौं
पूर्व राजा ज्ञानेन्द्र भारतको उज्जैनमा हुन गइरहेको महाकुम्भ मेलामा सरिक हुन उज्जैन पुग्ने कार्यक्रम रहेको श्रोतले जनाएको छ। निर्मल निवास श्रोतका अनुसार उज्जैनको भ्रमण सँगसङै पूर्व राजा ज्ञानेन्द्र भारतको नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, gyanendra-shahराष्ट्रपती प्रणव मुखर्जी, सुरक्षा प्रमुख अजित डोवाल लगायत भारतका वरिष्ठ राजनेतासँग भेट्घाट गर्ने कार्यक्रम रहेको छ। पूर्व राजाको यो कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग राजा ज्ञानेन्द्रको वान टु वान टक  हुने कार्यक्रम रहेको र यसको चाँजो मिलाउन कुमुद लोहनी, राजाका बहिनी ज्वाँई किशोर बहादुर सिंह, विश्व हिन्दू महासंघका उपाध्यक्ष्य अर्जुन बास्तोला नयाँ दिल्ली प्रस्थान गर्दै हुनु हुन्छ। धर्मगुरु कालीबाबाले काठमाडौं आएको बखत अग्रवाल भावनमा यस सवाददातालाई भने, भारतिय प्रम नरेन्द्र मोदीसँग पूर्व राजाको व्यक्तिगत कुराकानी नभएकोले राजा ज्ञानेन्द्र नरेन्द्र मोदीसँग कुरा गर्न चाहन्छन्।  उनले अगाडि भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा हिन्दू राष्ट्र र राजसंस्था होस् भन्ने चाहन्छन् तर नेपाली जनताले नै त्यो नचाहेको जस्तो देखिँदा आफुले भारतबाट खुलेआम हिन्दू राष्ट्र र संबैधानिक राजाको बिषयमा बोल्न गाह्रो परेको कुरा आफुलाई बताएको कालीबाबाले बताए।

यसैवीच प्राप्त अर्को सूचना अनुसार राजा ज्ञानेन्द्रले चिनिया प्रमलाई लेखेको एउटा गोप्य पत्रको फोटोकपी भारतीय प्रम नरेन्द्र मोदीकोमा पुगेको छ। सो सूचनाका आधारमा कसरी राजा ज्ञानेन्द्रले चिनियँ प्रमलाई लेखेको पत्रको फोटोकपी भारतीय प्रमको मा भारतीय गुप्ताचर संस्था ूरू माफत पुग्यो त्यो भने निर्मल निवासमा खोजीको अर्को बिषय बनेको छ। जानकारहरु भन्छन् , राजाको त्यस्तो गोप्य पत्र बिदेशी कुट्नैतीक एउटा नियोगबाट अर्को नियोगमा गुप्तचरी माध्यमले पुग्नुलाई राजा ज्ञानेन्द्रको दरबार भित्रै   को खास एजेन्ट रहेको विश्वास गरिन्छ। हालसम्म राजा ज्ञानेन्द्रलाई गुम्रँह्म्ँ पारेर बैंकक र दिल्लीमा भारतको खास अधिकारिक व्यक्तीसँग वार्तालाप गराउन नसक्नु र गर्न नसक्नुले नेपालमा राजसंस्था पुनस्स्थापना र हिन्दू राष्ट्रको कुरा ललिपप झैँ भएको छ। नेपालमा राजसंस्था र हिन्दू राष्ट्र पुनस्स्थापना गर्ने हो भने दक्षिण एसियामा शक्तिशाली रहेको उत्तर कोरियाको कुट्नीतीलाई राजा ज्ञानेन्द्रले आफ्न पिता  महेन्द्रको कुट्नीतिक पद चिन्नलाई अवलम्बन गर्दै शक्ती सन्तुलनमा प्रयत्न गरे राजसंस्था पुनस्स्थापना हुने केही कुट्नीतिज्ञले विश्लेशण गरेका छन्।

यसै बिच नेपालकी राष्ट्रपती विध्या देवी भण्डारी आगामी बैशाख २८ गते भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपती भण्डारी भारतीय राष्ट्रपती प्रणव मुखर्जीको निमन्त्रणामा भारत प्रस्थान गर्न लागेकी हुन्। त्यहा उनले राष्ट्रपती मुखर्जी प्रम नरेन्द्र मोदी, परराष्ट्र मन्त्री सुश्मा सोराजलाई भेट्ने कार्यक्रम रहेको छ। त्यसै गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा पनि हाल नयाँ दिल्लीमै छन्। सम्भवतस् नेपालको राजनीतिक बिषय र संबिधानको सवाललाई लिएर भारतीय नेताहरु प्रम नरेन्द्र मोदी, राजा ज्ञानेन्द्र, राष्ट्रपती विध्या भण्डारी, शेरबहादुर देउबा बिच अलग अलगरूपमा छलफल चलाइने छ।  राजा, राष्ट्रपती भण्डारी र शेरबहादुर देउबा नेपाल फर्किए पछी नेपालको राजनीतीमा व्यापक परिवर्तन हुन सक्ने विश्लेशण राजनीतिक तहमा गर्न थालिएको छ। पश्चिमआहरुको दवाबमा शेरबहादुर देउबालाई नेपाललाई हिन्दू राष्ट्र घोषणा नगर्न र खुमबहादुर खड्कालाई उपसभापती नदिन नयाँ ग्रान्ड डिजाइन रचिएको कारण बिपी डक्ट्रिनवादी नेपाली कांग्रेस एमाओबादीमा व्यापक राजनीतिक धुर्बीकरण र फुट हुन सक्ने बताइेको छ। हालको राजनीतिक सन्नाटा आँधी आउनु अघीको पूर्व लक्षण हो भनी बताइन्छ। स्मरण रहोस्, नेपाली सेनाको एउटा मिसन टोली जर्नेल सागर थापाको नेत्रित्वमा करीब दुई महिना अघी भारतको नयाँ दिल्लीमा मिसन खडा गरेर नै बसेको थियो। नेपाली सेना वर्तमान संबिधान र शासन प्रकृया प्रती सन्तुश्त छैन। सेना भित्र बढ्दै गएको असन्तुष्टी र राजनीतिक दलहरुको शासन शैलीप्रती सेनाले आफ्न पूर्व जर्नेलहरु मार्फत असन्तुष्टी जनाइसकेको छ। पूर्व राष्ट्रपती रामबरण यादवले त १७ सालको जस्तो कुू हुन सक्ने सम्भावना बिगत देखी वर्तमानसम्मा रहेको औँल्याएका छन्।

ख्याल रहोस्, नेपालमा हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्र पुनस्स्थापनाकालागी भारत र चीनले चाहदा चाहदै पनि खासगरी पश्चिमा मुलुक, युरोपियन युनियन र अमेरिकाको अवरोशको कारण हुन सकीरहेको छैन। देश भित्रै पनि हिन्दूवादीहरु र राजसंस्थाका पक्षधरहरु बिच जुन संगठनात्मक एकता केन्द्रदेखी गाउँ स्थर सम्म हुन नसक्नुले हिन्दू राष्ट्र स्थापनामा अवरोश आएको हो। बैशाखको अन्तिमसम्ममा नेपालको संबिधान २०७२ टुँडिखेलमा जलाउने र च्यात्ने कार्यक्रम रहेको छ। सो कार्यक्रम पछी नेपालको राजनीतीमा नयाँ धार उत्पन्न हुन सक्ने विश्लेशकको भनाइ छ। नेपालको राजनीती र राजसंस्थालाई बुझ्ने हरुले नेपालमा राजसंस्था फर्काउने हो भने उत्तर कोरियनसँगको कुट्नीतिक सम्बन्धलाई उजागर गर्नु पर्छ। अमेरिका र पश्चिमा मुलुकहरुलाई च्यालेन्ज गर्न सक्ने नेपालको गहिरो मित्र राष्ट्र शक्ती चीन र भारत पछी उत्तर कोरिया नै हो। स्वर्गिय राजा महेन्द्रले केमिल्सुङसँग कुट्नीतिक सम्बन्ध विस्तार गर्नु नेपालको राजसंस्थाको र नेपालको हीतमा थियो। रातो बाकस भित्र के छ राजा ज्ञानेन्द्रले त्यो खोलेर महेन्द्रवादी कुट्नीतीलाई हेर्न जरुरी छ।