शुक्रबार, बैशाख ७, २०८१

११ बुँदे घोषणा पत्र जारी गर्दै युनियनको अञ्चल स्तरीय भेला सम्पन्न

काठमाडौं वैशाख ६, नेपाल प्रेस युनियनको मेची अञ्चल स्तरीय भेला ११ बुँदे घोषणा पत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न भएको प्रस्तुत भेलाले जारी गरेको घोषणापत्रमा क्रमस श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सरकार,सञ्चार गृह र सरोकारवाला पक्षलाई माग गर्ने र न्युनतम पारिश्रमिक लागू गराउन त्यस्तै पत्रकारलाई नियुक्ति पत्र, परिचय पत्र Captureदिएर काम गराउन, कान्तिपुर रा।दैनिकका सम्वाददाता र समाचारदाताहरुको सरुवा सम्वन्धि निर्णय फिर्ता लिन, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन ,कृष्ण प्रसाद भट्टराईका सञ्चार प्रतिष्ठानको नाम परिबर्तन नगर्न लगायतका माग भेलाद्दारा जारी घोषणा पत्रमा उल्लेख गरिएको प्राप्त समाचारमा जनाईएको छ ।

  भेलामा प्रेस युनियन केन्द्रीय उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयवावु सिवाकोटी, केन्द्रीय सदस्य सञ्जय कार्की र सुरक्षा रेग्मी सँगै मेची अञ्चल समन्वय समितिका संयोजक गोविन्दचन्द्र क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031