बिहिबार, बैशाख १३, २०८१

हाम्रो विचार: विगतबाट सिक्दै भविष्यको लागि नयाँ आयाम कोरौ

काठमाडौं बैशाख १,

535011_437470679657243_113280983_nविसं २०७२ को बिदाइ र नयाँ वर्ष २०७३ को स्वागतको यस घडीमा विगतबाट सिक्दै भविष्यको लागि नयाँ आयाम कोर्नुनै आफैमा महत्वपूर्ण पक्ष हो भन्ने हाम्रो बुझाइरहेको छ । हुनत वर्ष ०२७२ को सुभारम्भमानै विनाशकारी महाभूकम्पका कारण आठ हजार भन्दा बढि नेपालीले ज्यान गुमाउँनु परेको छ । जुन क्षणको सस्मरणले मात्रपनि आम नेपालीको नयन अहिलेसम्म पनि रसाइरहेका छन ।
यद्यपी यसवीचमा मुलकमा नयाँ संविधान जारी हुनले विद्यमान निराशाजनक अवस्थालाइ केहिहदसम्म भएपनि केहि नयाँ उपलब्धिी सञ्चार भएको अवस्था छ । तर यसवीचमानै एकातर्फ प्राकृतिक विपत्ति अर्को तर्फ छिमेकी मुलुक भारतको अघोषित नाकाबन्दी र मधेस आन्दोलनको शिकार बनेका हामी नेपालीहरु अनेक कष्ट सहेर वर्ष ०७२ लाइ विदाइ त गर्यो तर यसको जिजिविसाले कहिलेसम्म पिरोल्ने हो त्यो त हेर्नै बाँकी छ ।
मुलुकमा नयाँ संविधान जारीभएसंगै कायापलट हुँने आशा बोकेको नेपालीले संक्रमणकालीन पिडाको पटकपटक अनुभूत गर्दै विकास र समृद्धिको पक्षमा अझैपनि आशाका किरण खोज्दै मुलुकको पुर्ननिमार्णको बाटो पर्खदै बसेको पनि १ वष भइसक्दा सत्ता केन्द्रित राजनीति र भोगविलासमा रुमलेका दल विशेषबाट कृहि पहल नहुनु आफैमा दुखद पक्ष भएका छन ।  त्यस्तै आर्थिक अर्थतन्त्र रेमिट्यान्सले धानेको मुलुकमा यि र यस्ता कुरीतीलाइ पार लगाउँदै आफ्नो माटो अनुरुपको रोजगारी, कृषि उत्पादन र विविधीकरण, वैकल्पिक ऊर्जामा जोड, विद्युतीय साधनको उपयोग सरकारको प्राथमिकता पर्नु पर्ने हो तर यसपक्षमा सरकार लाचार वा अनभिज्ञ भएर बसेका छन ।

समग्रमा २०७२ लाई राम्रो मान्न सकिएन। आजबाट नयाँ वर्षको उमङ्ग सबैमा सुरुवात भएको छ। नेपालीमा आपसी सहयोग, सौहार्दता, आत्मीयता र भाइचाराको सम्बन्धमा सुदृढ बनाउने वर्षको रूपमा २०७३ लाई मनाउन सकियोस्। मधेसी पहाडीवीचको विभेद सदाको लागि समाप्त होस । मुलुक समृद्धको दिशामा अगाडि बढ्न सकोस्। जनताको नाममा भाषणबाजी मात्र नभएर उनको चाहना र आकाङ्क्षा पुरागर्नेतर्फ दलीय नेतृत्वको ध्यान जाओस, राजनीतिक वातावरण स्थिर र दलगत स्वार्थहरू नाशिएर जाओस । जारी संविधानले कार्यान्वयनको मार्ग पहिल्यायोस  ।

आजको दिन अर्थात वर्ष २०७३ विषयमा मात्र केन्द्रीत हुँनुभन्दा पनि समग्रमा गत वर्षमा भएका सकारात्मक परिवर्तन र त्यसका लागि बनेका आधारहरुले वर्ष ०७३ मा निर्णायक परिणाम चुम्न सकोस विशेष गरि मुलकका राजनीतिक दलहरूवीच व्याप्त बेमेल र मतभेद समाप्त हँदै जाओस भन्ने कामना सहित नव वर्ष २०७३ मा जारी नयाँ संविधानको कार्यान्वयन एवम  मुलुक आर्थिक समृद्धिका तर्फ बढेन सकोस भन्ने कामना गदै वर्ष २०७३ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा www.kantipurhotline.com न्यूज पोर्टलका आदरणीय पाठकवर्ग एवम् विज्ञापनदातामा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

hotline-shreejan-sign