शुक्रबार, बैशाख ७, २०८१

स्वागतम गार्डेनमा छचल्कियो जमुना र शिलुको जवानी

नयाँ दिल्ली चैत्र ३० , भारतको गुड्गाँवमा बिगत ८ बर्ष देखि कृयाशिल सस्था नेपाली साँस्कृतिक परिवार प्रतिष्ठानले नेपाली नयाँ बर्ष २०७३ को पूर्बसन्ध्यामा सास्कृतिक कार्यक्रममको आयोजना गरेको छ । सास्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार अर्जुन कौशल , जमुना राना , शिलु भट्टराई ले प्रवासी नेपालीलाई कम्मर मर्काई मर्काई नचाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । कार्यक्रममा अर्जुन FB_20160411_19_26_56_Saved_Picture[1]कौसलको यानीमाया हो , दार्जिलिंगको घुम्टीमा घुम्यो रेल त्यस्तैगरि शिलु भट्टराईको गुम पाकुम गुम र जमुना राना को आमाको छोरी हैन बोलको गितले प्रवासीको वातावरणलाइ पनि नेपालमय बनाएको जनाउँदै नवगायकहरु धुर्ब राना , मिलन बिसी , राम गहतराज समेतले आफ्नो प्रस्तुति दिएका थिए ।

भारस्थित नेपाली दूतावासका कल्चरल कान्सिलर कृष्ण प्रसाद पन्थ र काउंन्सलर एसएसपि ठाकुर खनाल शिक्षा निकेतन कि लक्ष्मी बराल लगायत भारतमा कार्यरत बिभिन्न संघसंस्थाका प्रमुखको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुखअतिथि पन्थले नेपाली संस्कृतिलाई बचाउन नेसापले खेलेको भुमिकाको प्रशंसा गर्दै राजदूत दिपकुमार उपाध्याय द्वारा प्रेषित शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ भारत शाखाका सचिव गोबिन्द पोख्रेल, प्रवासमा कार्यरत संस्थाहरुको छाता सड्गठन अखिल नेपाल भारतीय स्वतंन्त्र महासंघका महासचिव दिपक जिसी लगायतले बोल्नुभएको थियो ।

-देबेन्द्र केसी

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031