बुधबार, बैशाख १२, २०८१

सुधार पहिले महिलाबाटै गर्ने कि ? 

 BeautyPlus_20151216192321_save-1रविना महर्जन

२१ औं शताब्दीमा पाइला टेकिरहेका हामी आफुले आफुलाई निकै सर्वश्रेष्ठ ठान्छौँ। टुटेफुटेका अंग्रेजी बोलेरै भएर नि समाजमा निकै जान्नेसुन्ने भएको दर्शाउन खोज्छौँ।आधुनिकता अनि पाश्चात्य संस्कृतिको प्रभावमा हामी यति धेरै फेसनेबल भइसक्यौँ कि के ठिक के बेठिक भनेर छुट्याउन पनि अब लगभग मुस्किल जस्तो भइसक्यो।  समय अनुसार चल्न सिक्नुपर्छ।आफुलाइ परिवर्तन गर्न जान्नुपर्दछ। मरुभूमिमा पनि अन्न फलाउन सक्छु अनि तालु खुइलेलाई पनि काँइयो बेच्न सक्छु भनेर हिम्मत राख्नेहरु नै यो युगमा टिक्न सक्दा रहेछन् ।वर्तमान समाजमा आफुमा कमजोरी भए पनि अरुका कमजोरी अनि गल्ती देखाउन माहिर भइसकेका छौँ हामी। यसरी आरोप मात्रै लगाउन सिपालु,आफ्ना कमजोरी लुकाउन खोज्ने परिपाटी हामी महिलाहरुमा पनि विद्यमान रहेको पाइन्छ।दैनिक जस्तो पत्रपत्रीकामा देखिने महिला हिंसाका बारेमा समाचार पढेर आज केही लेख्ने जमर्को गरेँ मैले।

तराइमा दाइजो नल्याएकै कारण हजारौं महिलामा आगजनी गरियो। जाँडरक्सी खाएर श्रीमती पिट्ने,दिनदहाडै एसिड छ्याप्ने,बोक्सीको आरोपमा मलमुत्र खुवाउने घटनाले महिला हिँसाको पराकाष्ठा कति सम्म नाघेको रहेको छ भन्ने सपष्ट पार्दछ। बलात्कारका घटना पनि प्राय दैनिक जस्तो नै सुन्न अनि पढ्नमा आउने गरेका छन् । यसरी महिला हिँसा हुनुमा कहिले पुरुष मित्रहरु,देवर,जेठाजु ,सासू अनि ससुराको बढी हात रहेको हुन्छ भन्ने कुराको अड्कल हामी लगाउने गर्दछौँ।तर यथार्थमा गहिरिएर विश्लेषण गर्ने हो भने पुरुषहरु महिला हिँसा गर्न जति दोषी छन् त्यो भन्दा पनि बढी महिलाहरु जिम्मेवार रहेको देखिन्छ।  आधुनिकता अनि पाश्चात्य संस्कृतिको पछि लागेर चाहिने भन्दा बढी अंग प्रदर्शन गर्दै हिँड्नु,छोटा पहिरनमा रमाउनु पनि बलात्कार जस्तो अपराधलाई बढावा दिने माध्यम बनेको छ। सडक छेउमा आफ्ना स्तन देखाएर स्तनपान गराइरहेकि महिलालाई के नराम्रो नजरले कुनै पुरुषले हेर्लान् र फेसन गर्न पाउनु अधिकार होला तर विकृती फैलिने तरिकाले फेसन गर्नु जरुरी छ र ?  जमाना अनुसार चल्ने हो भन्दै चाहिने भन्दा बढी विश्वास गरि आफ्ना पुरुषमित्रहरु संग मध्यरात सम्म डिस्कोमा नाच्ने ,टाढा टाढा घुम्न जानू के महिलाहरुले गल्ती गरेको झल्किन्न र ?

यी त भए अंग प्रदर्शनका कुरा।खाडी मुलुकमा मरिमेटेर काम गर्ने दाजुभाइले कमाएर पठाएका सम्पत्ति जम्मा गरेर परपुरुषसंग भागेर गएका महिला बिचल्लीमा परे भने दोष कस्लाई लगाउने हो र ?  महिला आफैँ भाग्ने अनि समस्यामा परे भने हिँसा भो भन्दै कानुनको ढोका ढकढक्याउनु के न्यायोचित होला ररु महिला भएर महिलाको कदर गर्न पहिले महिलाले नै सिक्न जरुरी छ।टोल छिमेकमा समूह बनाएर एक महिलाले अर्को महिलाको खेदो खनिरहेको हुन्छ,कुरा काटिरहेको हुन्छ। के यो महिला द्वारा महिला माथी गरिएको हिँसा भएन र? महिला अधिकारकर्मी सासू नै घरमा बुहारीलाई यातना दिइरहेकि हुन्छिन्। छोरी मात्र जन्माइ भनेर जबर्जस्ति बुहारीलाई बच्चा फाल्न बाध्य पार्ने सासुको पनि कमी छैन यो समाजमा । पढेलेखेका बुहारीनै रोगी वृद्ध सासूलाई वृदाश्रम छोड्न आफ्ना श्रीमान हरुलाई उक्साउने गरेका छन् । छिमेकमा कुनै महिला माथी हिँसा भइरहेको देखेर पनि चासोको विषय होइन भन्दै पाइला पछी सार्ने मानिस दोषी होइनन् र? यसरी पाइला पछि सार्ने भिडमा पुरुषमात्र त पक्कै हुन्नन् होला महिला पनि त समावेश हुन्छन् नि।  समग्रमा महिला हिँसा रोक्नका लागि महिलाहरु स्वंय सचेत अनि सभ्य हुन सिक्नुपर्ने देखिन्छ। सधै अरुमाथी आरोपको थुप्रो लगाउनुभन्दा पहिले आफुबाटै परिवर्तन गरे केही हदसम्म सुधार आउला कि?