बिहिबार, बैशाख ६, २०८१

सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङलाई युगकवि पुरस्कार साहित्यकार

काठमाडौ वैशाख ८,  युगकविको १०५ औँ जन्मजयन्तीका अवसरमा युगकवि सिद्धिचरण सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार Siddhi_charan_shresthaपवनकुमार चाम्लिङलाइ युगकवि सिद्धिचरण पुरस्कार प्रदान गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्रा डा मोहन लोहनीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ साहित्यकार चाम्लिङलाई नेपाली भाषा र साहित्यमा योगदान पु¥याए प्रस्तुत पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानद्दारा जारी विज्ञप्तिमा उलेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा युगकविको १०५ औँ जन्मजयन्तीका अवसरमा आगामी जेठ ९ गते उहाँलाई रु एक लाख बराबरको उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । साहित्यकार चाम्लिङका ‘प्रारम्भिक कविता’, ‘अन्त्यहीन सपना ः मेरो विपना’ लगायका कृति प्रकाशित रहेका छन् ।