बिहिबार, बैशाख १३, २०८१

सवइन्जिनियर यादवविरुद्ध मुद्दा दायर

काठमाडौ चैत्र २९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवइन्जिनियर मनोजकुमार यादवविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर timthumb (1)गरेको छ ।  आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार कावासोती नगरपालिका–४ स्थित कल्भर्ट निर्माण कार्यको इस्टिमेट गर्ने प्रयोजनका लागि पुगेका सेवाग्राहीसँग घुस लिँदालिँदै सवइन्जिनियर यादव थलोमा नै पक्राउ परेका थिए ।

आयोगको टोलीले रु तीस हजार घुस लिँदालिँदै यादवलाई पक्राउ गरेको थियो । सवइन्जिनियर यादवलाई आयोगले हदैसम्मको कारबाहीको माग गरेको छ ।