शुक्रबार, चैत्र १६, २०८०

सभापति देउवाद्वारा पत्रकार क्षेत्रीप्रति श्रद्धाञ्जली

काठमाडौ बैशाख १७, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ब्रेन ट्युमरबाट निधन हुनुभएका नेपाल प्रेस युनियनका केन्द्रीय सचिव surya-kumarसूर्यकुमार क्षेत्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगी क्षेत्रीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर उहाँले अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो भने प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियनको झन्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । यस्तै, सभामुख ओनसरी घर्ती पनि सोही स्थानमा पुगेर क्षेत्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

उपप्रधानमन्त्री चित्रबहादुर केसी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चारमन्त्री शेरधन राई, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, नेपाली काँग्रेसका नेताहरू कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा. मीनेन्द्र रिजाल, गगनकुमार थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, एनपी साउद, चन्द्र भण्डारीलगायतका नेताहरू श्रद्धाञ्जलि दिन प्रज्ञा प्रतिष्ठान पुग्नुभएको थियो ।   बिहीबार राति ९ः१५ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन हुनुभएका क्षेत्रीको गृहजिल्ला स्याङ्जामा दाहसंस्कार गरिने भएको छ ।

महासङ्घद्वारा पत्रकार क्षेत्रीप्रति श्रद्धाञ्जली : 

shok release 17 baishakhयसैवीच नेपाल पत्रकार महासङ्घले ब्रेन ट्युमरका कारण ३३ वर्षको अल्पायुमै पत्रकार सूर्यकुमार क्षेत्रीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।महासङ्घका महासचिव उजिर मगरले आज जारी गर्नु भएको एक विज्ञप्तिमा क्षेत्रीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, निर्भिक र युवा पत्रकार गुमाएको उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा पाल्पाबाट पत्रकारिता सुरु गर्नुभएका क्षेत्रीले उज्यालो नेटवर्क, नेपालवाणी नेटवर्कमा लामो समय पत्रकारिता गर्नुभएको थियो । पछिल्लो समय नेपाली कला डटकममा आबद्ध क्षेत्री गीत, सङ्गीत र साहित्यमा समेत संलग्न स्वर्गीय क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै महासङ्घले मृतात्माको चिर शान्तिको कामना गर्नुको अलावा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । क्षेत्रीका श्रीमती र एक नाबालक छोरा छन् ।