बिहिबार, चैत्र १५, २०८०

सबइन्जिनियर साहविरुद्ध मुद्दा दायर

काठमाडौ चैत्र २२, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने महोत्तरीको नगरपालिका कार्यालयका सबइन्जिनियर timthumb (1)शत्रुघ्नकुमार साहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सबइन्जिनियर साहले सोही नगरपालिकाको बिल भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग रु चार लाख ५० हजार घुस लिँदालिँदै पक्राउ परेको जनाउँदै निज विरुद्ध दायर मुद्धामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ द्वारा परिभाषित कसुर गरेको पाइएकाले हदैसम्मको कारबाहीको माग गरिएको जनाएको छ।