बिहिबार, बैशाख १३, २०८१

सद्भावनाले साताव्यापी जनजागरण अभियान सञ्चालन गर्ने

राष्ट्रिय कार्यसमितिको विस्तारित बैठक : 
काठमाडौं चैत्र १९, सद्भावना पार्टीको ३ दिने राष्ट्रिय कार्यसमितिको विस्तारित बैठकले सप्ताहव्यापी जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै विहिवार सम्पन्न प्रस्तुत बैठकले मुलुकको भावी रणनीति एवम् कार्यदिशा शीर्षकसहितको पाँच पृष्ठ राजनीतिक प्रस्ताव परिमार्जन गरी पारित गर्नुको अलावा आगामी वैशाख ३ गतेदेखि सुरु गर्ने लक्ष्य निर्धारण गरिएको जनजागरण अभियान सहित मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा अविलम्ब फिर्ता लिन, पक्राउ गरिएका कार्यकर्तालाई रिहा गर्ने लगायतका आठबुँदे निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । बैठकमा पर्यवेक्षक समेत गरी ४०० प्रतिनिधिको सहभागिता रहको पार्टी हुने महाचचिव मनीस सुमनलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।