बिहिबार, बैशाख १३, २०८१

श्रीमानको विभत्स हत्या गरी कुकुरलाई मासु खुवाउने श्रीमती पक्राउ

एजेन्सी चैत २३,  पतिको हत्या गरी कुकुरलाई मासु खुवाउने एक रुसी महिलालाई प्रहरीले पक्राउ गरेको छ । ४६ वर्षीया स्भेत्लाना बटुकोभालाई प्रहरीले हत्या आरोपमा अदालतमा पेश गर्दैछ । उनका ६६ वर्षीय पतिको विभत्स हत्या भएको थियो । पाखुरा काटिएको 2016-02-22-19_07_48-hathkadi-Google-Search-Baidu-Browser-602x220अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । लागू औषध कोकिनको लतमा रहेकी बटुकोभाले पतिको मासु आफ्नो कुकुरलाई खुवाएको बताइएको छ ।

मृत्युपूर्व उनका पतिले आत्मरक्षाका लागि प्रयास गरेको संकेत समेत नदेखिएको भन्दै प्रहरीले हत्यापूर्व उनलाई नशामा लठ्याइएको अनुमान गरेको छ । दुई वर्ष सँगै बिताएपछि उक्त जोडीले गत जनवरीमा विवाह गरेको थियो । बटुकोभाले आफ्नो पेशबुक पेजमा कुकुरसँगको तस्वीर लगातार पोस्ट गर्दै आएकी थिइन् ।