शुक्रबार, बैशाख ७, २०८१

युपीआरको सवालमा आयोगको ध्यानाकर्षण

काठमाडौ चैत २८,  राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा सम्पन्न ३१ औँ बैठकको विषयलाई लिएर भएको टीकाटिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।  आयोगका अध्यक्ष अनुपराज शर्माले आज जारी 688_7ae949dd896036a675c76f8319d7f9da_1460246164_0गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालको मानवअधिकारको अवस्था र मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षाको सन्दर्भमा गत १६ मार्च, २०१६ मा भएको बैठकलाई लिएर प्रधानमन्त्री तथा आयोगका अध्यक्ष तथा पदाधिकारीबीच भएको छलफलको विषयमा विभिन्न कोणबाट सार्वजनिक भइरहेका धारणाप्रति आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको हो ।

त्यस्तै विज्ञप्तिमा आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीबाट परिषद्को बैठकमा अभिव्यक्त भएका धारणाहरु उहाँको निजी धारणा नभई आयोगकै धारणा रहेकोतर्फ सरोकारवालाको ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख गर्दै मुलुकको कानुनभन्दा माथि कोही पनि नहुने र दण्डहीनताको स्थितिको कारणबाट मानवअधिकारको संरक्षण र सम्बद्धनमा चौतर्फी प्रभाव परिरहेको स्थितितर्फ जिम्मेवार सबै निकाय तथा पदाधिकारीको ध्यान जान आवश्यक रहेको बताईएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031