शुक्रबार, चैत्र १६, २०८०

युनियनद्दारा शोक व्यक्त

काठमाडौ चैत्र २०,  नेपाल प्रेस युनियनका कावा अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको आमा सावित्रादेवी आचार्यको बुधार हृदयाघातका कारण निधन भएकोमा युनियनले समवेदना व्यक्त गरेको छ ।  युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज एक प्रेस kapil-kafle-father-sok-2072-12-20विज्ञप्ति जारी गरी आचार्यको निधनप्रति दुःख प्रकट गर्नुभएको हो । स्व अचार्यका तीन छोरा र एक छोरी छन् ।

त्यस्तै गरि नेपाल प्रेस युनियनले वरिष्ठ पत्रकार एवंम नेपाल प्रेस इन्ष्टिच्यूटका तालिम संयोजक कपिल काफ्लेका पिताजी टीकाहरि काफ्लेको ८४ वर्षको उमेरमा शनिबार बिहान  निधन भएकोमा युनियनले समवेदना व्यक्त गरेको छ । दुखको यस घडीमा महासचिव अजयबाबु शिवाकोटीले एक प्रेस विज्ञप्ति जारी गरी दिवंगत हुनभएका काफ्लेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त कपिल काफ्ले सहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।