शुक्रबार, चैत्र १६, २०८०

यात्रुवहाक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, गम्भिर घाइते ३१ यात्रुमध्ये दुइदर्जनको उपचार काठमाडौंमा

उपराष्ट्रपति र प्रम ओलीद्दारा दुख व्यक्त

काठमाडौ चैत ३०, आज बिहान काठमाडौँका लागि यात्रु बोकेर हिँडेको बा२ख ६३७६ नं को यात्रुवहाक बस दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ भने घाइतेहरुमध्ये उपचारको लागि दुइ दर्जन यात्रुलाइ काठमाडौ ल्याइएको छ। खोटाङमा उपचार हुन नसेकापछि ACCIDENT_logoघाइतेमध्येका दुइदर्जन यात्रुलाइ थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले बर्खेटारमा भएको यात्रुबहाकबसदुर्घटनामा परी जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले आज एक वक्तव्य प्रकाशित गरी दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र मृतक परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । वक्तव्यमा उपराष्ट्रपतिले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खोटाङमा आज यात्रुबाहक बस दुर्घटनामा परी धेरै जनाको मृत्यु भएकामा दुःख व्यक्त गर्दै उहाँले दुर्घटनामा परेकाहरुको चाँडोभन्दा चाँडो उद्धार गर्न र घाइतेको उपचार गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिनुभएको छ ।