बुधबार, बैशाख १२, २०८१

मोर्चाले अब सिंहदरबार केन्द्रीत आन्दोलन गर्ने

काठमाडौं चैत २५, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वैशाखदेखि सिंहदरबार केन्द्रित आन्दोलन हुँने बताउँनु भएको छ । बुधवार विरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रस्तुत अभिव्यक्ति दिनु भएको प्राीत rajendra-mahato-1समाचारमा उल्लेख गरिएको छ ।

पटक पटकको वार्ता सहमतिको प्रयास गर्दा पनि सरकार मधेसको मुद्धाप्रति उदासिन रहेनुको अलावा बल प्रयोग गरेर आन्दोलन तुहाउने षड्यन्त्रमा लागेको आरोप लगाउँदै सिंहदरबार केन्द्रित आन्दोलनको खुलासा गर्नु भएको हो । सिंहदरबारमा नै सत्ता सञ्चालक बस्ने केन्द्रित आन्दोलन भएकाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी रहेको उहाँको जिकिर रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।