बुधबार, बैशाख १२, २०८१

मोफसलका दुरराजमा इन्टरनेट सेवा पुर्याउन नेविसंघको पहल

काठमाडौं बैशाख ८, नेपाल विधार्थी संघको ४६ औँ स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा ईन्टरनेट सेवामा सम्पूर्ण नेपालीहरुको पहुँच सम्भावना र चुनौती’ बिषयक एक विशेष गोष्ठीको आयोजना गरिएको छ ।
29 13012801_10154107788557329_6800432604802011392_nविधार्थी संघका नेता ऋषिकेग शाहको संयोजकत्वमा सम्पन्न उक्त गोष्ठीका प्रमुखवक्ता काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेबिसंघले इन्टरनेटका सन्दर्भमा उठाएको यो चासो समय सान्दर्भिक रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यक्रममा सहभागी वक्ताहरुले इन्टरनेटको अभावमा दुर्गम र ग्रामिण क्षेत्रका विद्यार्थी र आम मानिस सूचनाको पहुच भन्दा टाढा रहेकाले ग्रामिण भेगको पनि बिकास र आधुनिकतामा जोड्नु पर्ने आवश्यकता औल्याएका थियो । भने आयोजक संस्थाका तर्फबाट विधार्थी नेता ऋषिकेग शाहले नेपाल टेलिकमले चाहेमा गाउँगाउँमा ईन्टरनेटको सुविधान सजिलै दिन सक्ने बताए । ‘टेलिकमले चाह्यो भने सबैलाई ईन्टरनेट सहज र शुलभ रुपमा उपब्ध गराउन सक्छ’, उनले भने, ‘त्यसका लागि सबैले सहयोग गर्नुपर्ने विचार अभिव्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य प्रकाश शरण महत, मिनेन्द्र रिजाल, एमाले नेता प्रकाश ज्वाला, अखिल अध्यक्ष नबिना लामा, कान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारी, नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, एवम् टेलिफ़ोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधीहरुको सहभागीता रहेको थियो।