मङ्लबार, बैशाख ११, २०८१

मदन–आश्रित पत्रकारिता पुरस्कार चयन समिति गठन

काठमाडौ बैशाख ५, नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा पार्टीका तत्कालीन महासचिव मदन भण्डारी तथा नेता जिवराज आश्रितको स्मृतिमा स्थापित मदन–आश्रित पत्रकारिता पुरस्कार चयनका लागि साहित्यकार तथा पत्रकार नारायण ढकालको संयोजकत्वमा ३ ed6b8c3738c5d768bdaff840899d0207सदस्यीय कमिटी गठन भएको छ ।

प्रत्येक जेठ ३ गते –आश्रित स्मृति दिवसको सन्दर्भमा वितरण गरिने रु ५० हजार पुरस्कारको राशि उक्त पुरस्कार चयनका लागि ढकालको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले र साहित्यकार वासुदेव अधिकारी सदस्य रहेको समिति गठन गरिएको हो ।  प्रचार विभागका प्रमुख योगेश भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितका योगदानलाई चिरस्थायी गर्न, पार्टीकोे मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज)का बारेमा थप अध्ययन तथा अनुसन्धानलाई निरन्तरता दिन यो पुरस्कारको स्थापना गरिएको उल्लेख गरिएको छ ।