शुक्रबार, बैशाख ७, २०८१

भक्तपुर नगरभित्रका १० वटा सम्पदाको पुनःनिर्माण एवम् जीर्णोद्धारको काम सुरु

  भक्तपुर चैत २७,  जर्मन विकास सहाय��ाअन्तर्गत जर्मन विकास बैंक, नेपाल सरकार र भक्तपुर नगरपालिकाको संयुक्त लगानीमा गत बैशाख १२ र २९ गतेको महाभूकम्पले क्षति पुगेको भक्तपुर नगरभित्रका १० वटा सम्पदाको पुनःनिर्माण एवम् जीर्णोद्धारको काम सुरु गरिएको छ ।   यसरी निर्माण सुरु गरिएको सम्पदाहरुमा क्रमस दत्तात्रयस्थित पुजारी मठ, पाँचतले मन्दिर, राष्ट्रिय कला सङ्ग्रहालय, Bhaktapur_after_Earthquake,_2015_in_Nepal_04  दरबारस्क्वायरको फसिदेग, भक्तपुर नगरपालिकाको पुरानो भवन, भैरब द्यो छे, भैलुखेलको च्यासिंमण्डप, नासमनाको हाडा छें, विद्यार्थी निकेतन उमावि र श्रीपद्य उमावि रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै समाचारमा सम्पदा निमौणको लागि जर्मन सरकारको रु एक अर्ब १९ करोड, नेपाल सरकारले रु २२ करोड र भक्तपुर नगरपालिकाको रु १० करोडको लगानी रहने जनाउँदै यसक्रममा जर्मन विकास बैंकका कार्यालय प्रमुख एवम् प्रतिनिधि शङ्करराज पाण्डेले भूकम्पले भत्काएको सम्पदाको पुनःनिर्माणको प्रारम्भिक अनुसन्धान एवम् अन्वेषण पनि गरिने उल्लेख गरिएको छ । सम्पदा पुनःनिर्माणको कार्य आगामी २०१६ सालको डिसेम्बरसम्म पुन निर्माण, जीर्णोद्धार र रेक्टोफिटिङको काम सम्पन्न गरिसक्ने सम्पदा पुनःनिर्माण सुभारम्भ कार्यक्रममा जानकारी दिईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031