शुक्रबार, चैत्र १६, २०८०

भक्तपुरमा ५५ हाते विस्केट जात्राको लिङ्गो उठाइयो

20140414-20140414-_NUP0615_0083-e1428949547551 20140414-20140414-_NUP0699_01661-e1428949523278भक्तपुर वैशाख १, प्रसिद्व बिस्केट जात्राको चौथो दिन भेलुखेलस्थित च्यासिंमण्डव अगाडि ५५ हाते लिंगो ठडयाइएको छ। लिंगो बाजागाजासहित तान्त्रिक विधिपूर्वक ठडयाइएको हो। नव वर्षको सुभारम्भ संगसंगै ८ रात ९ दिनसम्म मनाइने भक्तपुरको बिस्केटको चौथो दिन मंगलबार लिंगो उभ्याइएको छ । भैरवनाथको प्रतीकका रुपमा उभ्याइएको उक्त लिंगोको टुप्पोमा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक ८ डोरी राखिएको छ ।

चैत मसान्तको साँझमा उभ्याइएको लिंगो नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते ढाल्ने परम्परा छ। नयाँ वर्षको दिन बिहान भैरवनाथ, इन्द्रायणीको पूजा गरी तान्त्रिक विधिपूर्वक उभ्याइएको लिंगो ढाल्ने गरिन्छ ।  त्यस्तै वैशाख २ गते मध्यपुर ठिमीको बोडेमा बिस्केटको छैटौं दिन बिहान सिन्दूर जात्रा गरी दिउँसो जिब्रो छेड्ने जात्रा गरिन्छ भने जात्राको नवौं दिन वैशाख ५ गते जात्राको पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न हुन्छ।