शुक्रबार, बैशाख ७, २०८१

बैंकिङ कसुरको अभियोगमा फरार नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष द्वा पक्राउ

काठमाडौं चैत्र १९, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नेपाल राष्ट्र  बैंकद्दारा विहिवार  आयोजित प्रोब्लम बैंक रिजोलुसन डिभिजनले  ‘रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय’ विषयक  गोष्ठीमा भाग लिन पुगेका बैंकिङ कसुर गरेको अभियोगमा फरार रहेका नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष उत्तमप्रसाद द्वालाइ पक्राउ गरेको छ ।
timthumbबैंकका अध्यक्ष द्वालाइ राष्ट्र बैंक, थापाथलीमा आयोजित कार्यक्रममा सहभागी भएको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बैंक परिसर पक्राउ गरेको हो ।

बैंकका अध्यक्ष द्वा तथा बैंकका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ समेतका विरुद्धमा चितवन, टाँडी प्रधान कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकको रु २३ करोड ७२ लाख २६ हजार ७४४ हिनामिना गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ विपरीतको कार्य गरेको उजुरीमा पुनरावेदन अदालत मकवानपुर, हेटौँडाको फैसलापछि द्वा अदालतबाट फरार रहेको महाशाखाको सूची रहेको निज विरु २०७१ माघ १५ गते जाहेरी दर्ता रहेको समाचारमा उल्लेख रहेको छ ।  त्यस्तै अभियुक्त द्वाको विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनमार्फत पुनरावेदन अदालत हेटाँैडामा गत साउन २३ गते रु २३ करोड ७२ लाख २६ हजार ७४४ बिगो कायम गरी हदैसम्म सजायका लागि मागदाबी रहेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031